शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

सुजुकीको लिमिटेड एडिक्सन सिलेरियो एक्स बजारमा

दैनिक नेपाल २०७४ फागुन २९ गते १३:२५


काठमाडौँ, २९ फागुन । सि.जि. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि. होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटि र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ ।

सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुन्छ ।

ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियरमा लगाएको अत्यन्त चमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि–पिलर यसको अर्को ट्रेन्डि विशेषता हो ।

सिलेरियोले आपूmलाई पूर्ण फेमिलीकारको रुपमा नेपाली बजारमा स्थापित गरेको छ । सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहनाअनुरुप अझ स्टाइलिस अनि स्र्पोटि बनाउदै लग्ने लक्ष्य राखेको छ ।

सिलेरियो एक्स ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवाजोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिनब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् ।

सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्वृmत समयोजनले गाडीको इन्टेरियर अझस्र्पोटि देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समिश्रण झल्किन्छ । कालो रंगको सिटमा सुन्तला रंगको समायोजनले गाडीको स्र्पोटि लुक्स लाई थप निखार दिएको छ ।

सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टमको साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्रा थप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ । अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ लगायतका विभिन्न आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउँछ ।

शक्तिशाली के. नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ kmplको माइलेजदिने दाबी गरिएको छ । यो गाडी शुभारम्भ मूल्य रु. २६,९९,००० मा बजारमा उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित