आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

प्रधानमन्त्री ओली भन्छन्-राष्ट्रपतिमा उपयुक्त व्यक्तिलाई भोट हालेँ

दैनिक नेपाल २०७४ फागुन २९ गते १२:४३


काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी मतदानमा ओलीले प्रतिनिधिसभा सदस्यको हैसियतले मतदान गरेका हुन् ।

उनले राष्ट्रपतिमा उपयुक्त व्यक्तिलाई भोट हालेको प्रतिक्रिया दिएका छन् । मतदान गरेर बाहिरिएका ओलीलाई ‘कसलाई भोट हाल्नुभयो ?’ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै ओलीले यो संवैधानिक प्रक्रिया भएको र आफूले राष्ट्रपतिमा उपयुक्तलाई व्यक्तिलाई भोट हालेको जवाफ दिए ।

साथै प्रधानमन्त्री ओलीले अब छिट्टै नै सरकार विस्तार हुने पनि बताएका छन् । सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै प्रम ओलीले भने, ‘अब छिट्टै नै सरकार विस्तार हुन्छ । छिट्टै सरकारले पूर्णता पाएको देख्न पाउनुहुन्छ ।’

राष्ट्रपतिमा वाम गठबन्धनको तर्फबाट निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी र काँग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । आज नै राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित