बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

ओली–मधेसी सम्बन्ध माधुर्यताको अन्तरकथा

दैनिक नेपाल २०७४ फागुन २९ गते ७:२३

काठमाडौं, २९ फागुन । विश्वासको मत माग्दै गर्दा प्रधानमन्त्री केपी ओलीले संघीय संसदमा भने,‘संविधान परिवर्तनीय दस्तावेज हो भनेको थिएँ, परिवर्तन हुनै सक्तैन भनेको थिइन । सम्बन्ध भनेको कहिले मिठो, कहिले मधुर हुन्छ । कहिले विरोध पनि हुन्छ । तर, केका लागि भन्ने कुरा अर्थपूर्ण हुन्छ ।’ जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

नेपाली कांग्रेसबाहेक मधेसी दलहरूको पनि विश्वासको मत ओलीका लागि खस्नै लागेको चाल पाएपछि कांग्रेस सांसद गगन थापाले सम्बोधनका क्रममा तेर्साएको प्रश्नको उत्तरमा ओलीको यो जवाफ आएको थियो ।

०७२ मा जारी भएको संविधान, त्यसपछि बनेको सरकारको विरोधमा मधेसमा ठूलो आन्दोलन भएको थियो । जहाँ ७ जना मानिसको ज्यान समेत गएको थियो । त्यसबेला एमाले र ओलीको विरोधमात्र भएन कयन जिल्लामा पुत्ला दहन समेत भएको थियो ।

मधेस आन्दोलनलाई माखे साङ्लो, दुई चार वटा आँप खस्दैमा केही हुँदैन भन्नेजस्ता ओलीका तिखा प्रहारको विरोधमा मधेस जलेको थियो । तर, त्यस्ता ओलीलाई नै विश्वासको मत दिन मधेस आन्दोलनका मोर्चामा आवद्ध दलहरू आगाडि तम्सिएका थिए ।

एमालेका मधेसका विभिन्न जिल्लामा रहेका कार्यालयमा तोडफोड गरियो । भारतसँग पनि त्यस्तै दूरी बढ्यो । तर, पछिल्लो पटक सुष्मा स्वराजको काठमाडौं भ्रमणपछि मधेसी दलहरू मुलतः ओलीसँग गले । भारतीय आदेशका आधारमा नै उनीहरू गलाइएका थिए । त्यसैले दुई तिहाई भन्दा बढिको विश्वासको मतमा फोरम र राजपाको समर्थन निर्विकल्प बनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित