बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

जहाज दुर्घटनामा बाँचेका घाइतेको अबस्था कस्तो छ ? (ग्राण्डी अस्पतालको रिपोर्ट)

दैनिक नेपाल २०७४ फागुन २८ गते २३:३५

काठमाडौं, २८ फागुन । बंगलादेशी जहाज दुर्घटनामा परेर बाँच्न सफल चार जना घाइतेको काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेका अनुसार, जहाज दुर्घटनामा परेर गम्भीर अबस्थामा उद्दार गरिएका दयाराम ताम्राकार, किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र विनोद पौडेलको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै उद्दार गरेर केएमसी अस्पताल लगिएका उनीहरुलाई ग्राण्डीमा रिफर गरिएको थियो । अहिले उनीहरुको स्वास्थ्य अबस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

हेर्नुस् भिडियो: 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको युएस बंगला जहाज दुर्घटनामा परेर उद्दार गरिएका ११ नेपालीसहित २२ जना यात्रु बाँच्न सफल भएका छन् । ४ जनाको ग्राण्डीमा र अन्य १८ जनाको बिभिन्न अस्पतालमा उपचार
भइरहेको छ । ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना बोकेको जहाज दुर्घटनामा ४९ जनाले भने ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित