शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

लक्ष्मी बैंकको नयाँ शाखा पाल्पाको तिनाउमा

दैनिक नेपाल २०७४ फागुन २८ गते १९:२९

पाल्पा, २८ फागुन । लक्ष्मी बैंकले सोमबार पाल्पाको तिनाउ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यस जिल्लामा बैंकको यो दोस्रो शाखा हो ।

अब, लक्ष्मी बैंकको शाखा सञ्जाल ४१ जिल्लामा ७८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् तथा ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ तथा व्यापक बनाउने विश्वास लिएको बताएको छ ।

नयाँ शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोनमार्फत विभिन्न बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आवमा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकको दाबी छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । यसका साथसाथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै आगामी दिनहरुमा पनि बैंका उपलब्धिहरु उत्साहजनक रुपमा रहने बैंकले विश्वास लिएको छ ।

सुविधा जनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।

विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको जनाएको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी एवं कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो सहयोग पुर्‍याएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित