बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

यी हुन् अहिलेसम्म नेपालमा भएका ठूला हवाई दुर्घटना

दैनिक नेपाल २०७४ फागुन २८ गते १८:३७

काठमाडौँ, २७ फागुन । नेपालमा विभिन्न समयमा विमान दुर्घटना हुदाँ नेपाली आकाश असुरक्षित भएको टिप्पणी गर्ने गरिन्छ । विभिन्न समयमा भएका विमान दुर्घटनामा परी सयौँ मानिसहरुको मृत्यु समेत भइसकेको छ ।

एकपछि अर्को हवाई दुर्घटना भइरहँदा त्रिभुवन विमानस्थलमा सोमबार अर्को विमान दुर्घटनामा परेको छ । सोमबार दिउँसो बंगलादेशको ढाकाबाट आएको यूएक वंगला विमान काठमाडौँको त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । हालसम्म ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा ६७ जना यात्रु सवार थिए । घाइतेहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली आकाशमा यस्ता जहाज दुर्घटना कयौँ पटक भइसकेका छन् । नेपालमा एकै दिन दुईवटासम्म हवाइ दुर्घटना भएको इतिहास छ । यतिमात्र होइन, एउटै वर्ष दुईवटा विदेशी विमान दुर्घटनामा परेर २ सय ८० जनाको मृत्य भएको सम्मको इतिहास छ ।

यस्तो छ नेपालमा विमान दुर्घट्नाको टाइमलाईन (सन् मा)

१९५५ – कालिंङगा एयर (सिमरा एयरर्पोट, २ को मृत्यु)
१९५६ – इण्डियन एयरलाईन्सको विमान (काठमाडौँ, १४ को मृत्यु)
१९५८ – इण्डियन एयरलाईन्सको विमान (टिकाभैरभ, २० को मृत्यु)
१९६० – नेपाल एयरलाइन्सको विमान (भैरहवा, ४ को मृत्यु)
१९६२ – नेपाल एयरलाइन्सको विमान (ढोरपाटन, १० को मृत्यु)
१९६२ – नेपाल एयरलाइन्सको विमान (ढोरपाटन, ६ को मृत्यु)
१९६९ – नेपाल एयरलाइन्सको विमान (बतासेडाँडा, ३५ को मृत्यु)
१९७० – रोयल फ्लाईट (जोमसोम, १ को मृत्यु)
१९७२ – रोयल फ्लाईट (धुलिखेल, ३१ को मृत्यु)
१९७५ – नेपाल एयरलाइन्सको विमान (काठमाडौँ, बौद्ध, ५ को मृत्यु)
१९७६ – नेपाल एयरलाइन्सको विमान (मेघौली, ६ को मृत्यु)
१९७९ – भिभिआईपी (लाङलाङ, ६ को मृत्यु)
१९८१ – नेपाल एयरलाइन्सको विमान (विराटनगर, १० को मृत्यु)
१९८४ – नेपाल एयरलाइन्सको विमान (भोजपुर, १५ को मृत्यु)
१९८५ – सेनाको विमान (२५ को मृत्यु)
१९९२ – थाई एयरको विमान (घाङ्फेदी, ११३ को मृत्यु)
१९९२ – पिआइएको विमान (भट्टेडाँडा, १६७ को मृत्यु)
१९९५ – नेपाल एयरलाइन्सको विमान (काठमाडौँ, २ को मृत्यु)
१९९८ – ए.टि.एस.सि लुम्बिनी विमान (म्याग्दी, १८ को मृत्यु)
१९९८ – एसियन एयरको विमान (सोलुखुम्बु, ३ को मृत्यु)
१९९८ – एनएसीको विमान (सोलुखुम्बु, १ को मृत्यु)
१९९९ – नोकेन एयरको विमान (जुम्ला, ५ को मृत्यु)
१९९९ – लुफ्थासा एयरको विमान (भसुमासुर डाँडा, ५ को मृत्यु)
१९९९ – नोकेन एयरको विमान (रामकोट, १५ को मृत्यु)
१९९९ – स्काईलाईनको विमान (मकवानपुर, १० को मृत्यु
२००१ – फिष्टेल एयरको विमान, (रारा ताल, ४ को मृत्यु)
२००२ – स्काईलाईनको विमान (सुर्खेत, ४ को मृत्यु)
२००२ – सांग्रीला एयरको विमान (कास्की, १८ को मृत्यु)
२००३ – सिम्रिक एयरको विमान (एभेरेष्ट बेशक्याम्प, २ को मृत्यु)
२००४ – यति एयरलाइन्सको विमान (लम्जुङ, ३ को मृत्यु)
२००५ – एयर डाइनेष्टिकको विमान (रामेछाप, ३ को मृत्यु)
२००६ – यती एयरलाइन्सको विमान (जुम्ला, ९ को मृत्यु)
२००६ – श्री एयरलाइन्सको विमान (ताप्लेजुङ्ग, २४ को मृत्यु)
२००८ – अनमिनको विमान (रामेछाप, १० को मृत्यु)
२००८ – यती एयरलाइन्सको विमान (लुक्ला, १९ को मृत्यु)
२०१० – अग्नी एयरको विमान (मकवानपुर, १४ को मृत्यु)
२०१० – तारा एयरको विमान (खोटाङ, २२ को मृत्यु)
२०११ – बुद्ध एयरको विमान (ललितपुर, १९ को मृत्यु)
२०११ – बुद्ध एयरको विमान (जोमसोम, १५ को मृत्यु)
२०१२ – सिता एयरको डोर्नियर विमान (मनोहरा खोला, १९)
२०१४ – नेपाल वायु सेवा निगमको ट्विनअटर विमान (अर्घाखाँची, १८ को मृत्यु)
२०१५ – तारा एयरको विमान (सोलुघोप्टे, २३ को मृत्यु)

प्रतिक्रिया
सम्बन्धित