शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

बार्सिलोनासँग मालागा २–० ले पराजित

दैनिक नेपाल २०७४ फागुन २७ गते ९:२७

लण्डन, २७ फागुन । लिग लिडर बार्सिलोनाले ला लिगमा मालागालाई २–० ले पराजित गरेको छ । बार्सिलोनाको जितमा लुइस सुवारेज र फिलिप काउटिन्होले एक–एक गोल गरे ।

सामुएल गार्सियाले २८औँ मिनेटमा रातो कार्ड खाएपछि घरेलुम मैदानमा मालागाले त्यसपछि दश खेलाडीमा रहेर खेलेको थियो । तर, बार्सिलोनाले गोल थप्न भने सकेन ।

आफ्नो तेस्रो सन्तान जन्मेका कारण लियोनल मेसीले भने उक्त खेल गुमाए । जितपछि २८ खेलबाट ७२ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता कायम गरेको छ । एट्लेटिकोले एक खेल कम खेलेको छ ।

यस्तै सेभायालई २–० ले पराजित गर्दै चौथो स्थानको भ्यालेन्सियाले तेस्रो स्थानको रियल मड्रिडसँग अंक दुरी १ मा झारेको छ । समान २८ खेलबाट रियलको ५७ तथा भ्यालेन्सियाको ५६ अंक छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित