बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

अफ्गानिस्तानविरुद्ध नेपाल : नेपालद्वारा १९५ रनको विजय लक्ष्य पेश

दैनिक नेपाल २०७४ फागुन २६ गते १६:३४

काठमाडौँ, २६ फागुन । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले शनिबार अफ्गानिस्तानविरुद्ध खेल्दै छ । नेपालले अफ्गानिस्तानसामु १९५ रनको विजय लक्ष्य पेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले १ बल बाँकी छँदा अलआउट हुँदै १९४ रन बनाएको छ । नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रन बनाए । ८२ बल खेलेको खड्काले १ छक्का र १० चौकाको मद्यतले ७५ रन बनाएका हुन् । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ३२, ज्ञानेन्द्र मल्ल र आरिफ सेखले समान २३ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो रन बनाउन सकेनन् ।

अफ्गानिस्तानका मोहम्मद नाबीले ४, रसिद खानले ३, सपूर जद्रानले २ तथा मुजिब रहमानले १ विकेट लिए ।

अफ्गानिस्तानले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित