शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

भारतमा इच्छामृत्युलाई मान्यता प्रदान

दैनिक नेपाल २०७४ फागुन २६ गते ७:४३

नयाँदिल्ली, २६ फागुन । भारतको सर्वोच्च अदालतले मानिसहरूमा सम्मानका साथ मर्न पाउने अधिकार रहेको भन्दै अन्तिम अवस्थामा पुगेका बिरामीहरूले इच्छामृत्युको मान्यता दिएको छ ।

निश्चित शर्तहरूको पालना गरेको खण्डमा त्यस्ता व्यक्तिहरूलाई कृत्रिम ढंगले जीवित राखिरहने उपचार बन्द गरिदिन सकिनेछ ।

साथै अदालतले मानिसहरूले लिभिङ विल भनिने इच्छापत्र लेख्न सक्ने फैसला गरेको छ । त्यस्तो इच्छापत्रमा उनीहरूले आफू कथंकदाचित भेजेटेटिभ स्टेट अर्थात् पूर्णतः निष्क्रिय र अचेत अवस्थामा पुगेको खण्डमा कृत्रिम ढंगले मात्र जीवित राख्ने उपचारविधि नअपनाइयोस् भन्न सक्नेछन् ।

प्यासिभ युथेनेजियामा उल्लिखित कडा निर्देशिकाहरू पालना गर्दै बिरामीलाई प्रदान गर्दै आएको उपचार रोकिन्छ र मृत्युवरण गर्न सहज पारिन्छ । अन्तिम अवस्थामा अनि अचेत अवस्थामा भएका बिरामीहरूले मात्र इच्छामरण वरण गर्न पाउने कानूनी व्यवस्था ल्याइएको हो ।

गम्भीर रूपमा बिरामी भएमा आफ्नो उपचार कसरी गराउने भन्ने विषय पनि सो इच्छामरणको पत्रमा उल्लेख गर्न सकिनेछ ।

याधीशहरूले भनेका छन्, ‘सम्मानका साथ मर्न पाउनु पनि मौलिक अधिकार हो । साथै इच्छामरणसम्बन्धी इच्छापत्रमार्फत् कसैले पूर्व जानकारी गराएमा त्यो अदालतले अनुमोदन गर्न सक्नेछ ।– बीबीसी

प्रतिक्रिया
सम्बन्धित