बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

यी हुन् चालीस हजार पैसा नतिर्ने अभिनेत्री

दैनिक नेपाल २०७४ फागुन २६ गते ६:४८

मुम्बई । बिग बोस ११ की विवादित प्रतियोगी अर्शी खान फेरि विवादमा परेकी छिन् । उनी यस पटक पूजाको पैसा नतिरेको भनेर विवादमा परेकी हुन् ।

अर्शीले मुम्बई कान्दिवलीस्थित साई धाम मन्दिरका पुजारी रमेश जोशीले ४० हजार भारु उधारो लिएर नतिरेको आरोप लगाएका छन् ।

पुजारी रमेशले पटकपटक ताकेता गर्दा पनि अर्शीले पैसा तिर्न नखोजेकाले आफू बाध्य भई प्रशासनको शरणमा जानुपरेको बताएका छन् ।

रमेशले अर्शीविरुद्ध समता नगर पुलिसमा उजुरी दिएका छन् । पुजारी रमेशले उजुरीमा अर्शी र उनका म्यानेजर सन् २०१५ को सेप्टेम्बरदेखि बारम्बार आफूलाई भेट्न मन्दिरमा आउने गरेको उल्लेख गरेका छन् ।

सोही क्रममा ५ डिसेम्बरमा उनीहरू मन्दिरमा आएको र कसैले आफ्नो पर्स र मोबाइल चोरेको बताउँदै अर्शीले पैसा सापटी मागेको उनले बताएका छन् ।

‘अर्शीले पर्स चोरी भएकाले आफूलाई आर्थिक संकट परेको भन्दै मसँग ४० हजार रुपैयाँ सापटी मागिन्’, पूजारी रमेशले भनेका छन्, ‘मैले उनलाई पैसा दिएँ । प्रोड्युसरले पैसा दिनेबित्तिकै फिर्ता गर्ने बताएकी थिइन् । तर, अहिलेसम्म मैले पैसा पाइन ।’

उजुरी परेपछि पुलिसले यसबारे सोधीखोजी गरिरहेको छ । तर, अर्शीका म्यानेजरले भने यो आरोप पूरै निराधार भएको दाबी गरेका छन् ।

म्यानेजरले पुजारी रमेशले अर्शीसँग जबर्जस्ती पैसा असुल गर्न खोजेको बताउँदै पुलिस तथा मिडियामा अर्शीविरुद्ध अफवाह फैलाएकाले आफूहरू उनलाई मुद्दा हाल्ने तयारीमा रहेकोसमेत उल्लेख गरेका छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित