बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

बोस्टनमा नारी दिवस मनाइयो

दैनिक नेपाल २०७४ फागुन २५ गते ९:४१

– विजय थापा

अमेरिका । अन्तर्राष्ट्रिय नारी दिवस बिगत वर्षहरूमा जस्तै यस वर्ष पनि एनडब्लुजीएन इंगल्याण्ड शाखाले भब्यताको साथ मनाएको छ ।

हिला दिवस मार्च ८ तारिख विश्व भर मनाईने भएता पनि नारी दिवस पूर्वसन्ध्या मार्च ४ तारिख मनाइएको छ ।

बोस्टनस्थित एमआइटीको भवनमा आयोजित कार्यक्रममा बोस्टन क्षेत्र वरपरका विभिन्न संघ–संस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि एनआरएन अमेरिकाकि संचालक समिति निर्देशक तृष्णा काफ्लेले पानसमा बत्ती बाली कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।

कर्यक्रममा एनडब्लुजीएन का सदस्यहरु रीता राणा, शान्ति जोशी,जमुना श्रेष्ठ, रुक्मिणि कार्की तथा सुदिना श्रेष्ठले राष्ट्रिय गान गाएका थिए ।

राष्ट्रिय गान गाउदा उपस्थित दर्शक तथा सहभागीहरु भाव बिभोर भएका थिए । स्वागत मन्तब्य उपसभापति शान्ति जोशीले गरेकी थिइन् ।

स्वास्थ्य, घरेलु हिंसा, आक्रमण जस्ता विषयमा शाखाभित्र तथा शाखा बाहिरका प्रतिनिधिहरुले प्रस्तुतिद्वारा जानकारी प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित