शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

अहिलेसम्म कोही नगएको अचम्मको ठाउँमा भेटिए १५ लाख यो जीव

दैनिक नेपाल २०७४ फागुन २४ गते ८:१२

लण्डन । वैज्ञानिकहरूले अन्टार्कटिकामा १५ लाख पेन्गुइनको बसोबास गरिरहेको स्थान फेला पारेका छन् । अन्टार्कटिका प्रायद्वीप नजिकै डेन्जर आइल्याण्डमा एडेली पेन्गुइनको त्यति ठूलो बासस्थान फेला पारिएको हो ।

वैज्ञानिकहरूले सो ‘मेगा कोलोनी’ जलवायु परिवर्तन तथा मानवीय गतिविधिबाट टाढा रहेको बताएका छन् । सो स्थान पुग्न निकै मुस्किल रहेको र त्यसलाई स्याटेलाइट तस्वीरका माध्यमबाट पहिलो पटक देखिएको बताइएको छ ।

त्यसपछि ड्रोनबाट पेन्गुइनको फोटो खिचेर गिन्ती गरिएको थियो । जसबाट त्यहाँ ७ लाख ५१ हजार ५२७ जोडी पेन्गुइन रहेको पत्ता लागेको थियो ।

पेन्गुइनको यो संख्या अन्टार्कटिक प्रायद्वीको बाँकी भागमा रहेका सम्पूर्ण एडेली पेन्गुइनभन्दा बढी भएको जनाइएको छ । यससम्बन्धी अध्ययन शुक्रबार साइन्टिफिक रिपोर्ट्स नामक जर्नलमा प्रकाशित छ । सो स्थानलाई संरक्षण क्षेत्रका रुपमा विकास गरिनुपर्ने आवाज उठेको छ। – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित