शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

एमाले महासचिव पोखरेलले टोखाबाट सुरु गरे विकास निर्माण

दैनिक नेपाल २०७४ फागुन १० गते ९:२२

काठमाडौं, १० फागुन । नेकपा (एमाले)का महासचिव एवम् सांसद ईश्वर पोखरेलले काठमाडौंको टोखास्थित विष्णुमती खोलामा पुलको शिलान्याश गरेका छन् ।

पोखरेलले बिहीबार बिहान सो पुनलको शिलान्यास गरेको अनेरास्ववियुका प्रवक्ता एवम् सचिव आरसी लामिछानेले जानकारी दिए ।

टोखा नगरपालिकाको वडा नं. ३ र ६ लाई जोड्ने यो पुल समयमा पूरा हुनेमा आफू विश्वस्त रहेको महासचिव पोखरेलले बताए ।

उनले भने, ‘म तपाईहरूको क्षेत्रको जनप्रतिनिधि हुँ । मैले विकासका कार्यक्रम ल्याउने हो । त्यसको कार्यान्वयन र अनुगमन तपाई स्थानीयले गर्नुपर्छ ।’

पुल ठेक्का लिएको कम्पनीले पनि समयमा पुल निर्माण गर्ने छ भन्नेमा आफू विश्वस्त रहेको पोखरेलले बताए । पोखरेल काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित