शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

पाँच वर्षको छोरा छाडेर दीपा दुई सातादेखि बेपत्ता, पति कुवेतमा

दैनिक नेपाल २०७४ फागुन १० गते ७:५८

कोहलपुर, १० फागुन । बाँकेमा एक महिला दुई सातादेखि सम्पर्क बिहीन भएकी छिन् । बाँके बैजनाथ ५ की २५ वर्षीया दीपा रिजाल माघ २१ गतेबाट बेपत्ता भएकी हुन् ।

घरबाट पेट दुखेको भन्दै औषधि गर्न कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज जान्छु भनेर हिँडेकी रिजाल अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । माघ २१ गते दिउँसो ३ बजेदेखि फोन स्वीच अफ भएसंगै रिजाल सम्पर्कबिहीन भएको उनका भएको देवर राम शर्माले बताए ।

भाउजु हराउनु रहस्यमय भएको बताउँदै उनले परिवारमा चिन्ता छाएको बताए । माघ २२ नै उनी हराएको परिवारले ईलाका प्रहरी कार्यालय कोहलपुरको महिला सेलमा निवेदन दिए पनि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । रिजालका पति विष्णुप्रसाद विगत तीन वर्षदेखि बैदेशिक रोजगारीका लागि कुवेतमा छन् । उनको साँढे ५ वर्षको १ छोरा पनि छ ।

घरबाट निस्कदा भएका सबै गहना लिएर हिँडेकाले घटना थप रहस्यमय बनेको परिवारजनले बताएका छन् । बर्दिया भुरीगाउँमा रहेका माइती घरमा समेत रिजालले सम्पर्क नगरेको आफन्तको भनाई छ ।

आफन्तले रिजालको खोजीका लागि माइती नेपालमा समेत निवेदन दिएका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी यज्ञप्रसाद भट्टराईले रिजाल हराएको सूचना पाएलगत्तै प्रहरीले सबै जिल्ला, सीमा प्रहरी, महिला सेलमा सूचना गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित