बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

दुई दिनभित्र सरकार विस्तार हुन्छ : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७४ फागुन ९ गते १९:४०

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुुई दिनभित्र सकारका विस्तार हुने बताएका छन् । बुधबार काठमाडौँको दहचोकमा पर्यटन उत्सवको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भोली र पर्सीमा सरकार विस्तार हुने बताएका हुन् ।

उनले अबको मन्त्रीपरिषद् ६४ सदस्यीय नहुने टिप्पणी गरे । यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ सदस्यीय मन्त्रीपरिषद् गठनको गरेकोप्रति टिप्पणी गर्दै ओलीले भने, ‘अबको सरकार ६४ सदस्यीय पुग्दैन, त्यो भन्दा कमै हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने समेत बताए । सरकारको मूल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर–तरहले जनतालाई यो उपलब्धीको अनुभूति गराउन प्रयत्नशिल रहने बताए । ‘मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ’ प्रधानमन्त्री ओलीले भने ‘अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने बताए । ‘युद्धसँग जोडिएका ती किल्लाहरुको महत्व, अपनत्व, ऐतिहासिकता, दुःखकष्टसँग सेना जोडिएको हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ ।’

दहचोक मै रहेको नेपाल एकिकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यापर्ण गरेपछि महोत्सवको उद्ध्घाटन गर्न पुगेका ओलीले नेपाल एकीकरणसँग जोडिएको यस ठाउँलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास सगर्नुपर्ने बताए ।

गतबर्ष देखि हरेक बर्षको फागुन ९ गते कालु पाण्डेको समाधिस्थल पुग्ने प्रतिवद्धता गर्नु गरेका प्रधानमन्त्री ओलीले आगामी बर्ष आउँदा विकासमा यस ठाउँले फड्को मार्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित