बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

बुधबार सरकार विस्तार नहुने पक्का, यस्तो छ कारण

दैनिक नेपाल २०७४ फागुन ९ गते १५:५८

काठमाडौँ, ९ फागुन । बुधबार सरकार विस्तार हुने भनिएपनि नहुने पक्का जस्तै भएको छ । बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार पर्याप्त गृहकार्य नपुगेको भन्दै बिहीबारका लागि सारिएको छ ।

मन्त्रालय बाँडफाँट र सरकार विस्तारका लागि बुधबार बिहान एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो । एकै पटक सरकारलाई पूर्णता दिने कि तत्कालका लागि केही सदस्य थपेर मन्त्रिमण्डल विस्तार गर्ने भन्ने विषयमा ठोस कुरा नभएपछि सरकार विस्तारको काम बुधबारलाई स्थगित भएको हो ।

प्रधानमन्त्रीको व्यस्ताका कारण आज मन्त्रीपरिषद् विस्तार हुने सभ्वाना निकै कम रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली आज विभिन्न कार्यक्रममा सरिक हुने पूर्वकार्यतालिका छ । मन्त्री बन्न दुवै पार्टीमा धेरै आकांक्षी भएपछि व्यवस्थापन गर्न शीर्ष नतालाई सकस परेको छ । थप छलफल गरेपछि मात्र माओवादीले मन्त्रीहरुको टुंगो लगाउने भएको छ । ओली–प्रचण्ड मन्त्रीसँगै राजकीय पदको प्याकेजमै सहमती गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

मंगलबार चितनवमा भएको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले मंगलबार नै पार्टीको तर्फबाट दुई जना सरकारमा जाने बताएका थिए । उनले रामबहादुर थापा र मातृका यादवलाई मन्त्रीका लागि तयार हुने भनिसकेका थिए । तर, थापा र यादवको मन्त्री हुने सपना दुई दिन पर धकेलिएको छ ।

एमालेभित्र पनि मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । प्रधानमन्त्री ओलीले यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मगरलाई मन्त्री बनाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित