शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

अग्नि खरेलले किन दिए राजीनामा ?

दैनिक नेपाल २०७४ फागुन ९ गते १५:४२

काठमाडौँ, ९ फागुन । नेकपा एमालेका पोलिटब्युरो सदस्य अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । खरेल केन्द्रीय सरकारको महान्यायाधीवक्तामा नियुक्त भएसँगै पार्टीको पोलिटब्युरो सदस्यबाट राजीनामा दिएका छन् ।

मंगलबार महान्यायाधीवक्तामा नियुक्त भएपछि बुधबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष खरेलले राजीनामा बुझाएका हुन् । महान्यायधीवक्ताको गरिमा विचार गरेर राजीनामा दिएको खरेलले बताए । ‘त्यहाँ बसेर फ्री र फेयर भएर काम गर्न मैले पार्टीको सदस्यबाट राजीनामा गर्नु उचित सम्झिएँ’, खरेलले भने ।

प्रधानमन्त्री ओलीले खरेललाई मंगलबार महान्यायधीवक्तामा नियुक्तीका लागि सिफारिस गरेका थिए । मंगलबार नै खरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायधीवक्तामा नियुक्त गरेकी थिइन् । खरेल ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा कानूनमन्त्री भएका थिए । उनी पहिलो संविधानसभामा समानुपातिकतर्फबाट र दोश्रो संविधानसभामा एमाले कोटाबाट मनोनित सांसद बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित