बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

नम्बर नखुलेको सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

दैनिक नेपाल २०७४ फागुन ९ गते १०:१६

काठमाडौँ, ९ फागुन । ललितपुरको बालकुमारीमा गएराती सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । चितवन कठार गाँउपालिका–१ घर भइ हाल काठमाडौं काँडाघारी बस्ने ३२ बर्षीय सुष्मा लामाको मृत्यु भएको हो ।

गएराती ११ बजे नम्बर नखुलेको निसान गाडीको ठक्करबाट घाइते भएकी लामाको उपचारको क्रममा किष्ट मेडिकल कलेज इमाडोलमा मृत्यु भएको हो । दुर्घटना पश्चात सवारी साधन सहित फरार चालकको खोजी भैरहेको ललितपुर प्रहरीले जनाएको छ ।

यसैबीच, काठमाडौंको तार्केश्वर नगरपालिका–११ नेपालटारमा हिजो बेलुकी मोटरसाइकल अनियन्त्रित भइ गुडिरहेको बसको चक्काले किचेर गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी सवार व्यक्ति घाइते भएका छन् । बाइपासबाट शेषमतीतर्फ आउँदै गरेको बा ७९ प २९८५ नम्बरको मोटरसाइकल सडक पार गर्दै गरेको पैदलयात्रीलाई बचाउने क्रममा अनियन्त्रित भइ विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख २६१३ नम्बरको बसको पछाडीको चक्काले किचेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक नुवाकोट ताँती गाँउपालिका–६ घर भइ हाल काठमाडौं काभ्रेस्थली बस्ने २६ बर्षीय चन्द्र प्रकाश मोक्तानको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका पछाडी सवार खोटाङ घर भइ हाल काठमाडौं बानियाटार बस्ने २२ बर्षीय मिलन परियारको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित