बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

कांग्रेसका राउत, सुवेदी र खड्कालाई कारबाही, नेताहरूको घरमा पुग्यो स्पष्टीकरण पत्र

दैनिक नेपाल २०७४ फागुन ८ गते ८:४५

मोरङ, ८ फागुन । नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ ।

उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सचिव पर्वत राईले जानकारी दिए ।

बैठकले निर्वाचनमा असहयोग पु-याउने ३१ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरूलाई पत्र पठाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव राईले बताए ।

क्षेत्र नं १ मा पार्टी हारको कारण खोज्दै प्रतिवेदन तयार पार्न महासमिति सदस्य ललित अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । मोरङ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य गरी तीनवटै पदमा कांग्रेसले हार बेहोरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित