बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

एमाले–माओवादीका दुई कार्यदल गठन, को–को छन् कार्यदलमा ?

दैनिक नेपाल २०७४ फागुन ८ गते ८:२७

काठमाडौं, ८ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सात बुँदे सहमति भएसँगै संगठनात्मक ता विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको छ ।

संगठन समायोजन र राजनीतिक प्रतिवेदन तयारीका लागि दुई कार्यदल गठन भएका हुन् । कार्य दलले मंगलबारबाटै काम सुरु गर्नेछ ।

कार्यदलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।
माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र जनार्दन शर्मा छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ ।

पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । कार्यदलले एक हप्ताभित्र एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ ।

दुवै कार्यदलका लागि ओली–प्रचण्डले निर्देशन दिएका छन् । संगठनात्मक रुपमा ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्युरो र ११ सदस्यीय स्थायी समिति बनाउने सहमति भइसकेको छ ।

ओली र प्रचण्ड महाधिवेशनसम्म दुवै जना पार्टी अध्यक्षका रुपमा रहनेछन् । स्रोतका अनुसार अध्यक्ष ओलीले सरकारको नेतृत्व र अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित