शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई दिए यस्तो चुनौती

दैनिक नेपाल २०७४ फागुन ७ गते १९:१२

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णय उल्टाए सरकारमाथि नैै बैधानिकताको प्रश्न उठ्ने चेतावनी दिएका छन् ।

उनले ओली सरकारले निर्णय उल्टाउने कुरा गरेर लोकतान्त्रिक पद्धति र लोकतन्त्रको बैधतामाथि प्रश्न उठाउन खोजेको आरोप लगाए । प्रजातन्त्र दिवसको अवसरमा सोमबार नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रममा प्रवक्ता शर्माले लोकतन्त्र र कानून बमोजिम भएका निर्णयहरु उल्टाउने माथि नै बैधानिकताको प्रश्न उठ्ने चेतावनी दिएका हुन् ।

बैधानिक रुपमा भएको निर्णयहरुलाई उल्टाएर अनावश्यक चलखेल गर्नुले प्रधानमन्त्री केपी शर्मा ओलीकै बैधानिकता माथि प्रश्न उठ्ने उनको तर्क छ । आइतबार मात्रै पनि काँग्रेस नेता एवं पूर्वमन्त्री वीरबहादुर बलायरले देउवा सरकारले गरेका निर्णय उल्टाएर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित