शनिबार, ६ असोज २०७५
DainikNepal.com
शनिबार, ६ असोज २०७५

एमाले-माओवादीका प्रवासी संगठनहरु पनि एकीकरणको तयारीमा

दैनिक नेपाल २०७४ फागुन ७ गते ८:२३

– शिव भुसाल
दक्षिण कोरिया, ७ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी)बीच पार्टी एकता हुँदै गर्दा यसका प्रवासी संगठनहरु पनि एकिकरणको तयारीमा लागेका छन् । शनिबार कोरियामा क्रियाशिल दुई पार्टीका छुट्टाछुट्टै संगठनहरु प्रवासी नेपाली मञ्च दक्षिण कोरिया र नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै आगामी दिनमा एउटै संगठनको रुपमा अगाडि बढ्ने संकेत गरे ।

दुई संगठनका अध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा कार्यक्रमहरु गर्दा सँगै गर्ने जनाईएको छ । विज्ञप्तिमा नवनिर्वाचित प्रधानमन्त्री तथा राष्ट्रिय सभाबाट निर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गरिन्छ भन्ने पनि उल्लेख छ ।

कोरियाको राजधानी सोलमा भएको भेलामा दुबै संगठन का अध्यक्षहरुको नेतृत्वमा संगठनका नेताहरु सहभागी भएका थिए । भेलामा प्रवासी नेपाली मञ्चको तर्फबाट केन्द्रीय अध्यक्ष परशुराम सापकोटा, केन्द्रीय सल्लाहकारहरु गोबिन्द गाउँले, श्रृजना नेपाली, केन्द्रीय उपाध्यक्ष लाल सउद, महासचिब श्रमदिप चौलागाँई, बुसान कमीटिका सल्लाहकार मीनराज पोख्रेललगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । त्यसैगरी नेपाली जनप्रगतिशिल मञ्चकोतर्फबाट केन्द्रीय अध्यक्ष खगेन्द्र बुढामगर , उपाध्यक्ष इश्वर कठायत, महासचिब नबिन गुरुङलगायतका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले दुबै संगठन बिचको भावनात्मक एकतालाई थप मजबुत बनाएको श्रमदिप चौलागाइले बताए ।

प्रतिक्रिया
सम्बन्धित