बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

डेढ लाख घुससहित प्रहरीका हवल्दार पक्राउ

दैनिक नेपाल २०७४ फागुन ६ गते १८:२७

काठमाडौँ, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याग्दीबाट घुस रकमसहित एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित पाखापानी प्रहरी चौकीबाट प्रहरी हवल्दार कुलबहादुर बिसीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैयाँसहित विसीलाई पक्राउ गरिएको आयोगले जनाएको छ । विसीलाई शनिबार म्याग्दी बसपार्कबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित