बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

कात्तिके देउराली समाज कोरियामा गौतम

दैनिक नेपाल २०७४ फागुन ४ गते १२:३७

कोरिया । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका काभ्रेको विकट गाँउ कात्तिके देउरालीेका युवाहरुको संगठन कात्तिके देउराली समाज दक्षिण कोरियाले रमेशप्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कोरियाको वैजम्बुमा बिहीबार सम्पन्न समाजको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा किशोर गौतम, सचिवमा राजेन्द्र दुलाल, कोषाध्यक्षमा सुमन गौतम तथा सदस्यहरुमा दिनेश चौलागाई, सुनिल गौतम र मनोज बास्कोटा चयन भए ।

सन् २०१५ मा दिपकप्रसाद चौलागाईको अध्यक्षतामा स्थापना भएको समाजलाई सोही वर्षको अक्टोबरदेखि किशोरराज गिरीले नेतृत्व गरेका थिए । स्थापनाको छोटो समयमै सामाजिक र परोपकारी काममा आफूलाई समर्पित गर्दै आएको संस्थाले आफ्ना गाँउका बिरामीलाई आर्थिक सहयोग गर्नेदेखि गाँउको सहजताका लागि एम्बुलेन्ससमेत प्रदान गरेको छ ।

‘स्थापनाको छोटो समयमै सम्पूर्ण सदस्य साथीहरुको हातेमालोले संस्थालाई सामाजिक प्रतिष्ठासँग जोडनसक्नु र थोरै भएपनि सामाजिक तथा परोपकारी काम गर्न सक्नुमा आफैलाई गर्व महसुस हुन्छ’ निवर्तमान अध्यक्ष गिरी भन्छन–‘संस्थाका हरेक सदस्यहरुको जुन किसिमको आत्मीय हातेमालो छ यो युगौयुग रहिरहनेछ ।’

यस्तै नवनिर्वाचित अध्यक्ष रमेश गौतमले अघिल्लो कार्यसमितिले संस्थाको जग बसालेको स्मरण गर्दै आगामी दिनमा समाजले आफ्ना सामाजिक तथा परोपकारी कार्य थप शसक्त बनाउदै लैजाने बताए । ‘अघिल्लो नेतृत्वले संस्थाको जग बसालेको छ । अब भोलीका दिनमा अझ धेरै सामाजिक तथा परोपकारी काममा आफूलाई उभ्याउन हामीमा थप चुनौती पनि थपिएर आएको छ, आशा छ त्यसलाई पनि हामीले मिलेर सामना गर्नेनै छौ’ अध्यक्ष गौतमले भने ।

प्रतिक्रिया
सम्बन्धित