शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

६ लाखको लागतमा निर्माण भयाे सिद्धेश्वर महादेवकाे मन्दिर

दैनिक नेपाल २०७४ फागुन १ गते १९:५३

– बेलिना थापा
लमजुङ १ फागुन । बेँसीशहर नगरपालिका–२ कोलडाँडा तालफाँटमा स्थानियको सक्रियातामा सिद्धेश्वर महादेव मन्दिर निर्मााण गरिएको छ । मन्दिर निर्माणका लागि कुनै संघसंस्थाको सहयोग नभई स्थानियकै पहलमा देश विदेशमा रहेकाहरुको सहयोगमा निर्मााण गरिएको हो ।

६ लाख लागतमा मन्दिर निर्मााण गरिएको मन्दिर निर्माण समितिका सचिव नबिन धितालले बताए । मन्दिरको मंगलबार एक समारोहका विच बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घा६न गरे । पण्डित रामनाथ बरालले स्वस्ती बाचन गर्नुका साथै नगरपालिका प्रमुख अर्यालले मन्दिर परिसरमा रहेको एक सय ८ पानसमा बत्ती बालेर मन्दिरको उद्घाटन गरे ।

कार्यक्रमलाई संबोधन गर्दै अर्यालले स्थानियको सक्रियतामा मन्दिर निर्माण हुनु सकरात्मक रहेको बताए । नगरपालिकाले पनि मन्दिर संरक्षणका लागि आवश्वक पहल गर्ने उनले बताए । धार्मिक स्थल निर्माणसँगै विकासका अन्य क्रियाकलापहरु अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बेंसीशहर नगरपालिका २ का वडा अध्यक्ष गणेश कडेल, लमजुङ उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापा, लमजुङ विद्युत् उपभोत्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरे, धिताल सेवा समाजका केन्द्रिय अध्यक्ष भोलाहरी धिताल, नेपाली कांग्रेसकी विष्णुमाया धिताल, नेपाल पत्रकार महासंघ लमजुङ जिल्ला शाखा अध्यक्ष आश गुरुङ, चन्दादाताको तर्फबाट राजुकमार धिताल लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम मन्दिर निर्माण समितिका अध्यक्ष खेमराज धितालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित