शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

प्रदेश २ को सभामुखमा राजपाका यादव निर्विरोध निर्वाचित

दैनिक नेपाल २०७४ फागुन १ गते १८:२२

धनुषा, १ फागुन । प्रदेश नम्बर २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

संसद् सचिवालयका सचिव वंशीराज पौडेलले सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएकोे बताए । यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ ।

सचिव पौडेलले भने, “सभामुखको उम्मेदवारीका लागि तोकिएको आज मंगलबार २ बजेसम्म यादवले मात्र उम्मेदवार दर्ता गराउनुभएको छ अब बुधबार बस्ने प्रदेशसभा बैठकबाट सभामुखको औपचारिक रुपमा उहाँ निर्वाचित भएको घोषणा गरिनेछ ।” बुधबार प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित