मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

कुखुरा बोक्ने गाडीकाे ठक्करबाट दाङमा एकको मृत्यु

दैनिक नेपाल २०७४ फागुन १ गते १८:०९

दाङ, १ फागुन । जिपको ठक्करबाट मंगलबार दाङमा एकजनाको मृत्यु भएको छ ।

लु १ च ७४३४ नम्बरको जिपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुखुरा बोक्ने उक्त गाडीले घोराही–तुलसीपुर सडकको फोर्टीनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिए । –रासस

प्रतिक्रिया
सम्बन्धित