मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

त्रिभुवन विमानस्थलमा आगो लाग्यो, उडान प्रभावित

दैनिक नेपाल २०७४ फागुन १ गते १७:५५

काठमाडौँ, १ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोर थुपार्ने स्थानमा आगो लागेको छ । आगोबाट विमानस्थलमा कुनै क्षति नभएपनि उडान प्रभावित भएको विमानस्थलका कर्मचारीले बताएका छन् ।

वर्षौँदेखि थुपारिएको प्लास्टिक तथा अन्य फोहोरमा आगो लागेको हो । आगो निभाउन दुईवटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रणमा आइसकेको बताइएको छ । विमानस्थल पनि अहिले सुचारु भइसकेको एक अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित