सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

यी हुन् प्रचण्डलाई छाडेर वैद्य र विप्लवको क्याम्पमा पुग्ने नेताहरु, पेरिसडाँडामा खैलाबैला

दैनिक नेपाल २०७४ फागुन १ गते १५:०२

काठमाडौं, १ फागुन । कुनै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अति विश्वासिला मानिएका नेताहरु यसपटक उनलाई छाडेर नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यको क्याम्पमा पुगेका छन् ।

सन्दर्भ हो, २३ औं जनयुद्ध दिवस । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्द सुरु गरेको दिनको सम्झनामा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पेरिसडाँडामा कार्यक्रम राखेको छ । तर, बिगतका बर्षहरुमा अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यसपटक संयुक्त रुपमा कार्यक्रम गरेर यो दिनको सम्झना गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा नेकपा र क्रान्तिकारी माओवादीले राष्ट्रियसभा गृहमा मध्यान्ह बृहत कार्यक्रम गरेको हो । जसमा विप्लव र वैद्य स्वयम उपस्थित छन् ।

प्रचण्डले पेरिसडाँडामा आयोजना गरेको जनयुद्ध दिवस विशेष कार्यक्रम छोडेर माओवादी केन्द्रका नेताहरु विश्‍वभक्त दुलाल ‘आहुती’, गोपाल किराती र लोकेन्द्र बिष्ट लगायतका नेताहरु राष्ट्रिय सभागृहको वैद्य र विप्लवको कार्यक्रममा सहभागी भएका छन् ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, परी थापा, नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, उमा भुजेललगायतका नेताहरुले प्रचण्डलाई छेडछाड गरेका छन् ।

प्रचण्डको कार्यक्रम छोडेर गोपाल किराती सहितका माओवादी नेताहरु बैद्य र विप्लवको कार्यक्रममा पुगेपछि पेरिसडाँडामा मच्चिएको छ ।

प्रतिक्रिया
सम्बन्धित