मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको शपथ ग्रहण सर्‍यो, फागुन ४ गते मात्रै हुने

दैनिक नेपाल २०७४ फागुन १ गते १२:०४

काठमाडौँ, १ फागुन । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको शपथ ग्रहणको समय सारिएको छ । गुरुङको सपथ ग्रहण फागुन ४ गते शुक्रबार १० बजेका लागि सारिएको हो ।

मूख्यमन्त्री गुरूङका आफन्तको असामयिक निधनका कारण उनको शपथ ग्रहण सारिएको बताइएको छ । गुरुङ सोमबार ४ नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश ४ को एमाले संसदीय दलका नेता समेत रहेका गुरुङलाई प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित