सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

ट्रयाक्टरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

दैनिक नेपाल २०७४ फागुन १ गते १०:४६

जितपुर (कपिलवस्तु), १ फागुन । ट्रयाक्टरले ठक्कर दिँदा यहाँ सोमबार राति एकजनाको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिका–४, ट्यांकीपुरस्थित भित्री सडकखण्डमा गजेडाबाट ढुग्गातर्फ जाँदै गरेको लु ३ त ९१४१ नं को ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनकोे उपचारको क्रममा राति ८ बजे सामुदायिक अस्पताल ४ नं जितपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित