मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

नेक्ससलाई अर्किड कपको उपाधि

दैनिक नेपाल २०७४ फागुन १ गते ६:१७

काठमाडौं, १ फागुन । नेक्ससले तेश्रो अर्किड कप अन्तरविद्यालय छात्र सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

अर्किड स्कुलको आयोजनामा गोठाटारमा भएको प्रतियोगिताको फाइनलमा नेक्ससले कस्तुपलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । तेश्रो स्थानका लागि भएको खेलमा विनायकले न्यु स्टार पोललाई २–० ले हरायो ।

प्रतियोगितामा नेक्ससका दिपलव राई उत्कृष्ट खेलाडी चुनिए । त्यस्तै डिफेन्समा नेक्ससका सुजल खड्का, गोलरक्षकमा कस्तुपका निमा तामाङ उत्कृष्ट घोषित भए । प्रतियोगिताभर ९ गोल गरेका कस्तुपका रविन बम सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । नेपाल ताराले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई सांसद यज्ञराज सुनुवार, आयोजक विद्यालय अर्किड सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २१ गतेदेखि सुरु प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित