सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

आईसीसी डिभिजन टु : नेपालले केन्यालाई ३ विकेटले जित्यो

दैनिक नेपाल २०७४ माघ २९ गते २०:४६

काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को चौँथो खेलमा नेपालले सोमबार केन्यालाई पराजित गरेको छ । विण्डहोकमा भएको खेलमा नेपालले केन्यालाई ३ विकेटले हराएको हो ।

केन्याले दिएको १७८ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पुरा गर्‍यो । नेपाललाई जिताउन रोहित पौडेलले ४७, कप्तान पारस खड्काले ४२, आरिफ सेखले ४२ तथा शरद भेषवाकरले १९ रनको योगदान गरे । केन्याका इमान्नुयल रिंगेराले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले नेपालसामु १७८ रनको विजय लक्ष्य पेश गरेको थियो । केन्याले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएको हो ।

केन्याका लागि इर्फान करिमले ४२, एलेक्स ओबाण्डाले ४१, कोलिन्स ओबुयाले २७ तथा मोहम्मद बुटाले १५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ५ तथा सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषवाकरले समान १ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित