शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

पार्टी एकतामा नयाँ सहमति: केपी ओली र प्रचण्ड सह–अध्यक्ष

दैनिक नेपाल २०७४ माघ २९ गते २०:२२

काठमाडौँ, २९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता सम्बन्धी महत्वपूर्ण सहमति भएको छ ।

शीर्ष दुई नेताबीच सोमबार भएको गोप्य वार्तामा एकीकृत पार्टीको नेतृत्व, वैचारिक विषय र सांगठनिक स्वरूपमा सहमति जुटेको स्रोतले बताएको छ । एकतामा सबैभन्दा ठूलो अड्को बनेको नेतृत्वको विषयमा पनि दुई नेताबीच सहमति भएको जनाइएको छ । जसअनुसार ओली र प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको स्रोतले बताएको छ । त्यस्तै, ओली र प्रचण्डबीचको वान–टु–वान वार्तामा दुबै शीर्ष नेता पार्टीको सह अध्यक्ष बन्ने सहमति भएको बताइएको छ ।

यसअघि माओवादी केन्द्रले दुई कार्यकारी पद प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक आफूले पाउनु पर्ने अडान लिँदै आएको थियो । दुई अध्यक्षबीच महाधिवेशनसम्म जवज र माओवाद दुबैलाई कायम राख्दै महाधिवेशनपछि वैचारिक संश्लेषण गर्ने सहमति समेत भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित