मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

सिटिजन्स बैंकद्वारा ‘बेबी लाईफ होम’लाई आर्थिक सहयोग प्रदान

दैनिक नेपाल २०७४ माघ २९ गते १९:३१

काठमाडाैैँ, २९ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्यउपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको ‘बेबी लाईफ होम’लाई अार्थिक सहयाेग प्रदान गरेकाे छ । बैंकले साेमबार हाेमलाई एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिएकाे छ ।

बैंकले एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा साे संस्थालाई आर्थिक सहयोग प्रदान गरेको बताएकाे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले एक कार्यक्रमकाबीच एक लाख पचास हजारको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरे ।

बेबी लाईफ होममा रहेका २३ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका संचालक पुनले बताए ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने कुरा अभिव्यक्त गरे । उनले बालबालिकालाई सुखमा नमातिन र दुखमा नआतिन भन्दै बालबालिकालाई हौसला प्रदान गरे ।

हरेक वर्ष बैंकले बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएकाे छ ।
उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए ।

साे अवसरमा बेबी लाईफ होमको छात्राबासमा उज्यालो भबिष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए। अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित