सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

लक्ष्मी बैंकको नयाँ शाखा सुर्खेतको सिम्टामा

दैनिक नेपाल २०७४ माघ २९ गते १९:०९

काठमाडाैँ, २९ माघ । लक्ष्मी बैंकले सुर्खेतको सिम्टामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । सुर्खेतमा बैंकको याे दोस्रो शाखा हो ।

थप नयाँ शाखासहित लक्ष्मी बैंकको शाखा संजाल ७७, ३ हस्पिटल सेवा काउन्टर, ९८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पुर्‍याएको बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आवमा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएकाे छ, जुनअघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामकव्यवस्थाअनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साह जनक रुपमा रहेका छन् ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको बताएकाे छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवातथा सल्लाहप्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्‍याएको बैंककाे दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित