मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

डोरमणिले लिए मुख्यमन्त्रीको सपथ

दैनिक नेपाल २०७४ माघ २९ गते १०:०६

काठमाडौं, २९ माघ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार बिहान आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् ।

प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

पौडेललाई माओवादी केन्द्रको पनि समर्थन छ । तर, माओवादीले तत्काल सरकारमा नजाने संकेत दिएको छ । एमालेले एक मन्त्रीको नाम दिन आग्रह गरेपनि माओवादीले पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै मन्त्रीको नाम दिन मानेको छैन ।

प्रतिक्रिया
सम्बन्धित