सोमबार, ७ फागुन २०७४
DainikNepal.com
सोमबार, ७ फागुन २०७४

प्रथम अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँतेमा नेपालको दब्दवा

दैनिक नेपाल २०७४ माघ २९ गते ८:१६

ललितपुर, २९ माघ । ललितपुरको बज्रबाराहीमा प्रथम अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

बज्रबाराही सो–क्योकुसिन कराँते डोजो चापागाउँको आयोजनामा यही माघ २६ गतेबाट सुरू भएको प्रतियोगिता २७ गते सम्पन्न भएको हो ।

प्रतियोगिताको उद्घाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । समापन समारोहमा रक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहदुर अमात्यको विशेष आतिथ्यता तथा नेपाल खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, आठौं साफ गेमका करातेतर्फका स्वर्ण पदक बिजेता गंगाराम महर्जनलगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

गोदावरी नगरपालिका वडा नं. ११ बज्रबाराहीमा भएको उक्त सो–क्योकुसिन कराँते प्रतियोगितामा अन्तर्राष्ट्रिय क्षेत्रबाट मित्रराष्ट्र भारत र जिम्मावेका खेलाडीहरु सहभागी भएका थिए ।

दुर्इ दिने उक्त कराँते प्रतियोगितामा ३० केजी तौल समूहतर्फ नेपालका अरुण नगरकोटी प्रथम, सूजन तामाङ्ग द्धितिय, सक्षम विष्ट तृतिय स्थान हासिल गरेका छन् । त्रिलोक ब्लोनले सान्त्वनामा चित्त बुझाउनु परेको छ ।

३५ केजी तौल समूहतर्फ निर्मल लो प्रथम, निरज घिमिरे द्धितीय, दिलबहादुर नगरकोटी तृतीय र सन्देश नगरकोटी सान्त्वना भएका छन् । ४५ केजी तौल समूहतर्फ सन्जीब योन्जन प्रथम, राजकुमार लामा ए द्धितीय, युवराज लामा तृतीय भए ।

राजकुमार लामा बी ले सान्त्वना हासिल गरेका थिए । ५५ केजी तौल समूहतर्फ सन्जु तामाङ्ग प्रथम, आकाश तामाङ्ग द्धितीय, सुजन तामाङ्ग तृतीय र कबिन देशार सान्त्वना भए । महिलातर्फको खुल्लामा संगीता तामाङ्ग प्रथम, हिना तामाङ्ग द्धितीय, सुनिता थिङ्ग तृतीय र मुना नगरकोटी सान्त्वना भएका छन् ।

पुरुष तर्फको खुल्लामा गोपाल महर्जन प्रथम, सुजन देउला द्धितीय, पेम्बा छिरी तामाङ्ग तृतीय र रमेश तामाङ सान्त्वना भए ।

कार्यक्रममा पेटमा ढुङ्गा राखेर ५ केजीको घनले फुटाउने, घैटो फुटाउनेलगायत अन्य रोमाञ्चक प्रस्तुतिहरू भएका थिए भने जिम्बाबेका खेलाडीहरूले कराँतेको डेमोस्ट्रेशन पनि प्रस्तुत गरेका थिए ।

वेष्ट फाइटरमा जिम्मावेका खेलाडी Pumulani  Maposa ले प्रथम, भारतका खेलाडी Debasish Patra ले द्धितीय, र जिम्मावेका खेलाडी  Jangayi Mighit Mhlanga ले तृतीय स्थान हासिल गरे ।

बज्रबाराही सो–क्यूकोशिन कराँतेका अध्यक्ष दिवाकर पोखरेलको सभाध्यक्षमा सम्पन्न प्रतियोगितामा चर्चित गायिका निशा देशार, हाँस्यकलाकार तथा गायक टेकराज लाङ्गघाली र गायिका नवीना श्रेष्ठको समेत रमाइलो प्रस्तुति थियो ।

प्रतिक्रिया
सम्बन्धित