बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

समकक्षी अभिनेत्रीहरूलाई यसरी उछिनिन् दीपिकाले

दैनिक नेपाल २०७४ माघ २९ गते ७:०६

मुम्बई । बलिउड फिल्म ‘पद्मावती’ले प्रदर्शनको दुई सातामा २ सय ३६ करोड भारु व्यापार गरेको छ । अभिनेत्री दीपिका पादुकोण प्रमुख भूमिकामा रहेको ‘पद्मावती’ले उनका अघिल्ला सबै फिल्मको व्यावसायिक रेकर्ड तोडेको छ ।

दीपिकाले सर्वाधिक चर्चा र सफलता हासिल गरिरहेकी छिन् । दीपिका अभिनित शाहरुख खानको ‘चेन्नई एक्सप्रेस’ले भारतीय बजारमा कुल २२६ करोड भारु व्यापार गरेको थियो । ‘पद्मावती’ले दुई सातामै २३६ करोड कमाइसकेको छ । प्रमुख चार हिन्दीभाषी राज्य गुजरात, राजस्थान, मध्यप्रदेश र हरियाणामा ‘पद्मावत’ रिलिज हुन सकेको छैन ।

दुई सातामै ‘पद्मावती’ सर्वाधिक पैसा कमाउने १० हिन्दी फिल्ममा परिसकेको छ । बाहुबली–२, दंगल, पिके, टाइगर जिन्दा है, बजरंगी भाइजान, सुत्तान, धुम–३, कृष–३ र किक सर्वाधिक कमाउने फिल्मको लिस्टमा छन् ।

दीपिकाका यसअघिका थुप्रै फिल्मले सय करोडभन्दा बढी कमाइसकेका छन् । उनको सन् २०१४ को ‘ह्याप्पी न्यु इअर’ फिल्मले कुल २०३ करोड भारु कमाएको थियो । रोहित शेट्टी निर्देशित सो फिल्ममा शाहरुख खान र उनको जोडी छ ।

त्यसैगरी, सन् २०१३ को ए जवानी है दिवानीले कुल १९० करोड भारु कमाएको थियो । सन् २०१५ को सञ्जयलीला भन्साली निर्देशित बाजीराव मस्तानीले भने १८० करोड भारु कमाएको थियो । सो फिल्ममा दीपिकाका साथमा उनका प्रेमी रणवीर सिंह मुख्य भूमिकामा छन् ।

दीपिकाको अर्को सर्वाधिक कमाइ गरेको फिल्म हो, गोलियोँका रासलीला रामलीला । सन् २०१३ मा रिलिज भएको यो फिल्मले ११० करोड भारु कमाएको थियो । यो पनि भन्सालीकै फिल्म हो । दीपिका, जोन अब्राहम र सैफअली खान अभिनीत अब्बास मस्तानको रेस–२ ले १०२ करोड भारु कमाएको थियो ।

सन् २००७ को ओम शान्ति ओमले कुल ७९ करोड भारु कमाएको थियो । शाहरुख खानले निर्माण गरेको ओम शान्ति ओम नै दीपिकाको डेब्यु फिल्म हो । सन् २०१५ को दीपिका, इरफान खान अभिनीत पिकु फिल्मले पनि ७९ करोड व्यापार गरेको थियो । दीपिकाका अधिकांश फिल्म सुपरहिट भएका छन् । ‘पद्मावती’ले त उनलाई झनै चर्चामा ल्याएको छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित