सोमबार, ७ फागुन २०७४
DainikNepal.com
सोमबार, ७ फागुन २०७४

राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

दैनिक नेपाल २०७४ माघ २८ गते १९:०६

काठमाडौँ, २८ माघ । नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आइतबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको हो ।

लामाको अाइतबारदेखि नै फिजियोथेरापी शुरु गरिने र उनी उपचारपछि छ देखि आठ महिनामा खेल मैदानमा फर्किनसक्ने डा पाण्डेले बताए ।

धरानमा जारी बुढासुब्बा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल उक्त अस्पतालमा ल्याइएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित