मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

टेक्सासमा बौद्धिक भेला आयोजना हुँदै

दैनिक नेपाल २०७४ माघ २८ गते ९:२५

अमेरिका । गैरआवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ ।

सो भेलामा अमेरिकामा रहेका नेपाली मुलका वैज्ञानिकहरु, डाक्टरहरु, सफल व्यवसायीहरु, अमेरिकाको राजनीतिमा संलग्न व्यक्तिहरु र अन्य विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई संलग्न गराईने भेला आयोजक गैरआवायी नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरीराज जोशीले बताए ।

भेलाको मुख्य उदेश्यहरु अमेरिकामा रहेर विविध विषयमा सफलता पाएका व्यक्तिहरुबीच एक आपसमा अन्तरक्रिया गरी नेपाली समुदायमा अन्य संभावनाहरुको खोजी गर्ने र मातृभुमिका लागि हातेमालो गर्न प्रेरित गरिने छ ।

दुई दिनसम्म चल्ने भेलामा विशिष्ट व्यक्तिहरुको कार्यपत्र प्रस्तुत हुनुका साथै सीप, क्षमता, संभावनाको खोजी र सहकार्य र समुदायलाई एकजुट बनाउने विषयमा गहन छलफल हुनेछ ।

भेलाबाट जारी हुने घोषणा पत्रलाई कार्यन्वयन गराउन एनआरएन अमेरिकाज् क्षेत्रभरी स्थानीय एनसिसि र च्याप्टरहरुलाई सक्रिय बनाईने क्षत्रेयि संयोजक जोशीले बताए ।

सो भेलामा अमेरिकाका लागि नेपाली राजदूत र अमेरिकाको विभिन्न राज्यमा रहेका वाणिज्यदुत तथा महावाणिज्यदूतहरु, विश्वविद्यालयहरुमा रहेका वैज्ञानिकहरु, विभिन्न राज्यमा रहेका सफल व्यवसायीहरु, अमेरिकी राजनीतिमा प्रवेश गर्दै गरेका व्यक्तिहरुलार्ई आमन्त्रण गरिने आयोजकले जनाएको छ ।

भेलालाई सफल बनाउन मुल व्यवस्थापन समिति, विविन्न कार्यगत समितिहरु पनि निर्माण गरि तयारी थालिने बताईएको छ । प्रवासमा हुने यस्ता भेलाबाट नेपालको पर्यटन प्रर्वद्धनमा विकास, नेपालमा राजनीतिक संक्रमणकाल सकिएकोले लगानीका सम्भावना र चुनौतिका विषयलगायत विविध विषयमा विस्तृत छलफल गरी ठोष निष्कर्ष निकालिने बताइएको छ ।

भेला एनआरएनको उपाध्यक्ष कुमार पन्त संयोजक रहेको एनआरएन एकेडेमीले आगामी अक्टोबरमा नेपालमा गरिने भेलाको मिनि भेलाको रुपमा अमेरिकामा गर्न लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित