मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

ओली-सुष्मा भेट र काँग्रेसका दुःख

विक्रम आचार्य २०७४ माघ २१ गते १०:४२

– विक्रम आचार्य

काँग्रेस पंक्तिलाई ओली र मोदी प्रतिनिधिको यो बिशेष भेटले ठूलो चट्याङ नै पर्यो । आफ्नी  आमाले पल्लाघरको छिमेकीको छोरोलाई बोकेको देखेर, जसरी एउटा सानो बालकको मन मुटु बटारिन्छ, त्यसरी नै

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र त्यसले उत्पन्न गरेको राजनीतिक तरंगले नेपाल यतिखेर तातेको छ। बिशेषगरी सामाजिक सञ्जालमा निर्वाचनको परिणामपछि ‘साइलेण्ट मोड’मा रहेका काँग्रेस समर्थक र सुभेच्छुकहरु दसैं आएर गाउँलेहरु गाउँ फर्केझैँ गरी सञ्जालमा सक्रियताका साथ भारतीय विदेश मन्त्रीसँग एमालेको निकटता र बिशेषगरी भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीको आलोचनाको शब्दबाणहरु फालिरहेका छन् । उनीहरु भनिरहेका छन् – ‘ओलीको राष्ट्रवाद’ यही हो।

यिनै प्रश्नकर्ताहरुका भीडको प्रतिनिधित्व गरे झापाबाट जनताले चिनेका काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले । हुन पनि नेपाली काँग्रेसको पंक्तिलाई ओली र मोदी प्रतिनिधिको यो बिशेष भेटले ठूलो चट्याङ नै पर्यो । आफ्नी आमाले पल्लाघरको छिमेकीको छोरोलाई बोकेको देखेर, जसरी एउटा सानो बालकको मन मुटु बटारिन्छ, त्यसरी नै काँग्रेस पंक्ति भारतको जय जय गर्दा पनि विदेश मन्त्री स्वराजको भ्रमण आफ्ना सभापति नेतृत्वको सरकार र आफ्नो पार्टीप्रति भन्दा बामगठबन्धन, मधेशी दल र बिशेषगरी केपी ओलीसँग केन्द्रीत हुनुले पनि ठूलो अन्धकार महसुस गरिरहेको छ, जुन स्पष्ट रुपमा देख्न सकिन्छ । यो भीडमा पसेर ओलीप्रति पूर्वाग्रह राख्ने वा कोमल मुटु भएको अर्को नेपाली पनि काँग्रेस कार्यकर्ताहरुसँगै हुटिङ गरिरहेको देख्न सकिन्छ ।

तथापि यो स्पस्ट छ कि ओलीसँग भारतले सम्बन्ध आफै बनाउन चाहेको हो, ओलीले आफै न भारतीय प्रधानमन्त्रीलाई फोन गरे, न कुनै सद्भाव मागे । बाम गठबन्धनको बिजयसँगै मोदी र भारतीय संस्थापनले नेपालका एमाले अध्यक्ष ओलीसँग सम्बन्ध सुधार गर्नुपर्ने महसुस गरेको देखिन्छ । चुनावअघि जसरी राकेश सुद, भारत भुषण, एसडी मुनी जस्ता भारतीय विदेश बिज्ञहरुले केपी ओलीले चुनाव जिते वा एमाले बलियो बने भारतका निम्ति चुनौती हुनेछ भन्दै आएका थिए  (हामीले स्पस्ट देख्न सक्थ्यौँ, भारतीय विज्ञहरु केपी ओलीकै कारण नेपाल-भारत सम्बन्ध बिग्रिएको र काँग्रेस – माओवादी गठबन्धनलाई भारतले सहयोग गर्नुपर्ने राय राख्दैआएका थिए) । ठ्याक्कै नेपाल बाम गठबन्धनमय भएपछि चिन्तित रहेको भारतले बाम गठबन्धनको असफलताको कामना गरिरहेको थियो तर त्यो सफलताका चरणहरुमा प्रबेश गरेपछि भारत बाध्य बनेको छ ओलीसँग सम्बन्ध जसरी पनि सुधार गर्नुपर्छ । हाम्रा कतिपय प्रोटोकलहरुका बिषयमा थुप्रै कमजोरी छन्, तथापि ओलीसँग स्वारजले गरेको भेटले ओलीका अडानहरु स्खलित भएको भन्ने जुन धारणा ब्यक्त भइरहेका छन्, ती नितान्तः गलत प्रोपोगाण्डाहरु हुन । भारतसँग सम्बन्ध ‘ओपन’ गर्नु जरुरी नै हुन्थ्यो र ? ‘हामीलाई त विदेशीले पनि पत्याउँछ, अरु प्रम भए भने त नुन पनि खान पाइन्न’ जस्ता अफवाहहरुलाई जित्न पनि यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

ओलीको छबि त्यो दिन स्खलित हुनेछ, जुन दिन सरकार बनाएको ३-४ महिनासम्म पनि चीनसँग गरेका सम्झौताहरु आफ्नो बाटोबाट अगाडि बढ्दैनन । ओलीले त्यो दिन जनतालाई ढाँटेको दिन हुनेछ, जुन दिन चीनले नेपालमा गरिरहेको लगानी प्रतिशतमा कमी आउनेछ । त्यसैले ओलीले स्वराज भेट्दैमा ओलीको बिगत २ बर्ष देखिको छविलाई श्रद्धान्जली दिने अवस्था आएको छैन । अफवाहको ब्यापार नगरौँ ।

प्रतिक्रिया
सम्बन्धित