शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

पतिले नै लिएका हुन् नायिका रियाको बिकिनी अवतारका तस्बिर

दैनिक नेपाल २०७४ माघ १७ गते ६:५२

मुम्बई । बलिउड नायिका रिया सेनको एउटा तस्बिरले हलचल मच्चाएको छ । रियाले ब्रा र पेन्टीमा योग गरेको तस्बिर सार्वजनिक गरेपछि उनको चर्चा भएको हो ।

रिया अचेल पति शिवम् तिवारीका साथमा गोवामा मस्ती गरिरहेकी छिन् । उनले धेरै भइसक्यो फिल्म खेल्न नपाएको ।

योग गरेको तस्बिरमा उनी बिकिनीमा छिन् । बिकिनी लगाएर योग गरिरहेकी रियाका ती फोटा उनका पतिले खिचेको बताइन्छ । अहिले सामाजिक सञ्जालमा रियाका ‘टु पिस’ फोटाले चर्चा पाएका छन् ।

छिट्टै नै एकता कपूरको वेब सिरिज रागिनी एमएमएस २.२ मा अभिनय गर्न लागेकी रिया पछिल्लोपटक बंगाली फिल्म ‘डार्क चक्लेट’मा देखापरेकी थिइन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित