शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

सुन पसलको उदघाटन गर्न पुगेकी अभिनेत्रीलाई जुत्ता प्रहार

दैनिक नेपाल २०७४ माघ १६ गते ९:५६

मुम्बई । भारतीय फिल्म ‘बाहुबली’की अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ ।

हैदराबादको हिमायत नगरमा ज्वेलरी स्टोरको उद्घाटन गर्न पुगेकी तमन्नामाथि करीमुल्ला नामका ३१ वर्षीय युवकले जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गरे पनि तमन्नलाई लागेन । जुत्ता प्रहार भएको देखेपछि ज्वेलरीका एक कर्मचारीले छेकेका थिए ।

बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा चर्चित तमन्नाको पछिल्ला भूमिकामा असन्तुष्टि जनाउँदै करीमुल्लाले जुत्ता हानेको नरयांगुडा पुलिस स्टेशनका इन्सपेक्टर बी रवीन्द्रले जानकारी दिएका छन् । उनीविरुद्ध सार्वजनिक मुद्दामा कारवाही अघि बढाइएको छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित