शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

एमालेले छान्यो राष्ट्रियसभाका लागि २९ उम्मेदवार (नामसहित)

दैनिक नेपाल २०७४ माघ ९ गते २१:०७

काठमाडौँ, ९ माघ । नेकपा (एमाले)ले आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ओली निजी निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले उम्मेदवारको नाम टुंग्याएको हो ।

राष्ट्रियसभा सदस्यका ५९ सिटमध्ये वाम गठबन्धनले ४३ पदमा उम्मेदवारी दिने तयारी गरेकोमा एमालले पाएको २९ सिटमा उम्मेदवार तय गरेको हो ।

यी हुन् एमालेबाट छानिएका राष्ट्रिय सभाका उम्मेदवारः

प्रदेश १

१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश २

१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश ३

१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौँ
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौँ
५. बेदुराम भुसाल (खुला) ,काठमाडौँ
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश ४

१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा (महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम

प्रदेश ७

१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रतिक्रिया
सम्बन्धित