मंगलबार, ८ फागुन २०७४
DainikNepal.com
मंगलबार, ८ फागुन २०७४

पर्यटकीय बस छुट्ने समय तालिका परिवर्तन हुने

दैनिक नेपाल २०७४ माघ ९ गते १८:३९

–शिशिर सिंखडा
सौराहा (चितवन), ९ माघ । चितवनको पर्यटकीय नगरी सौराहाबाट काठमाडौँ र पोखरा संचालन हुने पर्यटकीय बसको समय तालिका परिवर्तन हुने भएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डमा यही माघ १२ गते शुक्रबारबाट दिउसो १० बजेदेखि ४ बजेसम्म सडक निर्माण कार्यको लागि सडक यातायात बन्द गर्ने भएकोले पर्यटकीय बसको समय तालिका पनि हेरफेर गरिएको टुरिष्ट बस एसोसियसन चितवन सेक्टरका अध्यक्ष बिमल अधिकारीले जानकारी दिए ।

यस अगाडि सौराहा बसपार्कबाट बिहान ८ बजे छुट्ने गरेको सबै पर्यटकीय बसहरु बिहान ७ः३० बजे नै छुट्ने छन् । त्यस्तैगरी चितवनका लागि काठमाडौँको कान्तिपथबाट बिहान ७ बजे छुट्दै आएको बसहरु बिहान ६ बजे छुट्ने भएका छन् ।

त्यस्तै पोखराबाट चितवन आउने बस यस अगाडि बिहान ७ः३० बजे आउने गरेकोमा यहि माघ १२ गते शुक्रबारबाट बिहान ७ बजे नै छुट्ने अध्यक्ष अधिकारीले जानकारी दिए । एसोसियसनको मंगलबार सौराहामा बसेको बैठकले पर्यटकीय बसहरुको समय तालिका हेरफेर गरेको हो ।

यस अगाडि रातको समयमा मात्र सवारी आवागमन बन्द गरी सडक निर्माण कार्य भइरहेको सो खण्ड यहि माघ १२ गतेदेखि दिनको समयमा सडक निर्माण कार्य हुने रातको समयमा यातायात सुचारु गर्ने सडक डिभिजन कार्यालयले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित