सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

माओवादी केन्द्रले तोक्यो राष्ट्रिय सभाका उम्मेदवार, को को परे ?

दैनिक नेपाल २०७४ माघ ९ गते १४:५१

काठमाडौँ, ९ माघ । नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सभाका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको शीर्ष नेताहरुको बैठकले १३ उम्मेदवारको टुंगो लगाएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

५९ मध्ये वाम गठबन्धनले ४३ पदमा उम्मेदवारी दिने तयारी गरेकोमा माओवादी केन्द्रले पाएको १४ सिटमध्ये १३ उम्मेदवार माओवादीले तय गरेको हो । प्रदेश नम्बर २ बाट उठाउने थप एक उम्मेद्वारको नाम गठबन्धनमा सहभागी दलहरुको परामर्शमा क्लष्टर मिलाएर तय गरिने माओवादी केन्द्रका नेता मातृका यादवले जानकारी दिए ।

यी हुन् राष्ट्रियसभाका लागि माओवादी केन्द्रले तय गरेका उम्मेदवारहरुः

प्रदेश १

(१) बीना पोखरेल (महिला)

प्रदेश २

(२) शशिकला दाहाल (महिला)

प्रदेश ३

(३) रामबहादुर थापा ‘बादल’ (खुला)
(४) गंगा पराजुली (महिला)

प्रदेश ४

(५) दीनानाथ शर्मा (खुल्ला)
(६) खीमकुमार बिक (दलित)

प्रदेश ५

(७) राजकुमार कुँवर (अल्पसंख्यक/अपांग)
(८) चन्द्रबहादुर खड्का (खुला)

प्रदेश ६

(९) जीवन बुढा (अल्पसंख्यक/अपांग )
(१०) युटुल लामा (महिला)
(११) कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश ७

(१२) लालिराम लोहार (दलित)
(१३) हरिराम चौधरी (खुला)

प्रतिक्रिया
सम्बन्धित