शनिबार, १२ जेठ २०७५
DainikNepal.com
शनिबार, १२ जेठ २०७५

इन्डोनेसियामा शक्तिशाली भूकम्प

दैनिक नेपाल २०७४ माघ ९ गते १३:५०

तस्विरः रोयटर्स ।

जाकार्ता, ९ माघ । इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचारमा उल्लेख गरिएको छ ।

मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । जाकार्ताका सरकारी कार्यालय भवनहरु पनि मङ्गलबार खाली रहेका बताइएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट मानवीय तथा भौतिक सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण पश्चिममा १० किलामिटर गहिराईमा रहेको इन्डोनेसियाली भू–गर्भ विभागले जानकारी दिएको छ ।

इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमा पर्छ । बिहानको सो भूकम्पपछि ठूलो संख्यामा सेना र प्रहरी परिचालन गरिएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ठूलो क्षतिको अनुमान गरेका पनि प्राप्त समाचारहरुमा जनाइएको छ । –रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित