सोमबार, ७ जेठ २०७५
DainikNepal.com
सोमबार, ७ जेठ २०७५

एक नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने दाबी गर्दै शेरधन राईले के भने ?

दैनिक नेपाल २०७४ माघ ९ गते ९:३४

काठमाडौं, ९ माघ । प्रदेश नम्बर एकको मुख्यमन्त्रीका प्रमुख दाबेदार एमाले नेता शेरधन राईले संसदीय दलको नेतामा आफू विजयी हुने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै राईले संसदीय दलको नेता चुनिएपछि आफू नै मुख्यमन्त्री बन्ने बताए । ‘म प्रदेश नम्बर एकको मुख्यमन्त्रीको प्रमुख दाबेदारको रुपमा दौडमा भाग लिइरहेको छु’, उनले भने, ‘अरु क–कसले मुख्यमन्त्रीमा इच्छा राखेका छन् मलाई थाहा छैन’, उनले भने ।

अब केही दिनमा नै संसदीय दलको नेता चुनिने राईले बताए । प्रदेश एकमा आफू सर्वसम्मत संसदीय दलको नेता बन्न सक्ने स्थिती नभएकाले मतदानबाट नै चुनिने उनको भनाई छ ।

१ नं. प्रदेशमा एमालेका भीम आचार्यले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएकाले राई सर्वसम्मत हुन नसक्ने देखिएको छ । एमालेका युवा नेता हिक्मत कार्कीले सहमति नजुटे आफू पनि मुख्यमन्त्रीको दाबेदार बन्ने पनि बताएका छन् ।

‘आचार्य मात्रै होइन । अरु पनि दाबेदार हुन सक्नुहुन्छ । हामी केही प्रारम्भिक छलफल गछौँ । छलफलले सर्वसम्मत भयो भने भइहाल्यो, नत्र चुनाव गरेरै दलको नेता चुन्छौँ’, राईले भने ।

आफू कुनै पनि हालतमा मुख्यमन्त्रीको दौडबाट पछि नहट्ने अडान राईले लिएका छन् । आफू सम्पूर्ण रुपले मुख्यमन्त्रीका लागि योग्य भएकाले पछि हट्नुपर्ने स्थिती नरहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित