बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

एमालेले टुंगायो तीन वटा प्रदेशका राष्ट्रियसभा उम्मेदवार, हेर्नुस् नामावली

दैनिक नेपाल २०७४ माघ ८ गते २२:३६

काठमाडौँ, ८ माघ । नेकपा एमालेले तीन वटा प्रदेशका राष्ट्रियसभा उम्मेदवारहरु टुंगो लगाएको छ ।

नेकपा एमाले स्थायी कमिटीको सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले प्रदेश नम्बर ५, ६ र ७ का राष्ट्रियसभा उम्मेदवारहरु टुंगो लगाएको हो ।

प्रदेश नम्बर ५ बाट चर्चित गायिका कोमल वलीलाई पनि राष्ट्रियसभा उम्मेदवार बनाउने निर्णय गरेको बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।

यस्तो छ एमाले बैठकको निर्णय, हेर्नुस विज्ञप्तिको पूर्णपाठ

नेकपा (एमाले) स्थायी कमिटीको ९६ औं बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निजी निवास, बालकोटमा सम्पन्न भएको छ ।

१. बैठकमा अध्यक्ष ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीचको पार्टी एकताका सन्दर्भमा भइरहेका प्रगतिबारे बैठकलाई जानकारी गराउनुभयो । पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दै उहाँले सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पु¥याउने गरी काम गर्न निर्देशित गर्नुभयो । बैठकले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

२. ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।

३. बैठकले राष्ट्रियसभा निर्वाचनमा देहायका प्रदेशहरुबाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय गरेको छ–

प्रदेश नं ७–

१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५–

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय

प्रतिक्रिया
सम्बन्धित